दलित बालिकाको बलात्कारपछि बीभत्स हत्या

दलित अनलाईन ४ फाल्गुन २०७५, शनिबार २१:२९

जनकपुर- धनुषा मिथिला नगरपालिक (३ हरिहरपुरकी ) ११ वर्षीया बालिका दितिया रसाइली बलात्कारपिछ बीभत्स हत्या गरिएकाे छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईका अनुसार बिहीबार बिहान साढे १० बजे  बालिकाको शव आधा शरीर जलेको अवस्थामा फेला परेको हाे । शवको प्रकृति हेर्दा हत्या गरेर जलाइएको हो वा जलाएर मारेको भन्नेबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतक बालिका बाेल्न नसक्ने अपांगता रहेको र बुधबार साँझ छिमेकमा भएको विवाहमा भोज खान गए पनि राति घर नफर्केकाे बताइएकाे छ। बालिकाकी आमा नभएको, बुवाको मानसिक सन्तुलन ठिक नरहेको र हजुरआमासमेत आँखा नदेख्ने जनाइएको छ।

शव पोस्टमार्टम गर्न जनकपुर अञ्चल अस्पताल पठाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले बलात्कारपछि हत्या भएकाले पाेल खुल्ने डरले जलाएर मारिएको आशंका गरेका छन्।

यसैबीच

बलात्कारपिछ बीभत्स हत्या गरिएकी धनुषा मिथिला नगरपालिका(३ हरिहरपुरकी ११ वर्षीया बालिका दितिया रसाइलीको हत्यारालाई कारबाहीको माग गर्दै शनिबार महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

महिला सञ्जला ढल्केवर र ओरेक नेपाल धनुषाले पूर्व(पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर बजारमा नाराजुलुस गर्दै प्रदर्शन गरेका हुन् । र्यालीमा मिथिला नगरपालिकाकी उपमेयर तारा लामा बस्नेतसमेत सहभागी थिइन् ।

छिमेकमा विवाहको उत्सवमा बुधबार ढिलासम्म नाच्दैं गरेकी बालिका को शव जलेको अवस्थामा बिहीबार बिहान गाउँलेले भेटेका हुन् । ‘दितिया लाई कसैले अपहरणपछि उखुबारीमा लगेर बलात्कार गर्यो‍ । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गरिदियो । प्रमाण नष्ट गर्न पापीहरुले उनको शव पनि जलाए,’ बालिकाका काका देवराज रसाइलीले भने।

मेयर लामाले दोषीलाई तुरुन्त पक्राउ गर्न प्रहरीसँग माग गरिन् । उनले आजै पीडित परिवारसँग भेटघाट समेत गरेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank