कडेलको सहकारी यात्रा, जनकल्याणदेखि अक्कुसम्म

दलित अनलाईन १४ असार २०७५, बिहीबार ०५:२३

२०५३ सालमा धादिङ मलेखुका युवाहरु आफ्नो स-सानो बचत गर्न र आफुलाई ग्राहोसाह्रो पर्दा आवश्यक रकमका लागि सहकारी खोल्न तम्सिए । ३० जना युवा मिलेर एक÷एक सय रुपैयाँ उठाएर सुरु गरेको धादिङको जनकल्याण बचत तथा ऋण सहकारीमा अहिले ४२ सय सदस्यहरुको २५ करोड पुँजी संकलन भएको छ भने ८० करोडको हाराहारीमा कारोबार गरीरहेको छ । देशकै उदाहरणीय जनकल्याण साकोस जन्माउने तिनै ३० युवामध्ये एक थिए सहकारी आन्दोलनका एक सशक्त अभियन्ता मिनराज कडेल ।

२०५५ सालमा शिक्षकबाट पेन्सन भएपछि उनी पूर्णकालिन सहकारी अभियन्ता भएका छन् । सहकारीमा लागेको सुरुवाती दिनमा तत्कालिन राष्ट्रिय संघका अध्यक्ष दिपकप्रकाश बास्कोटाको पहलमा उनी ७ दिने तालिमका लागि भारत पुगेका थिए । उक्त तालिमको समापनका दिन बास्कोटा पनि भारत नै पुगे

जनकल्याण सहकारीको सदस्य नं १ भएका उनी सहकारी अभियानमा पनि सधै अब्बल नै रहिआएका छन् । प्रारम्भिक सहकारीको संस्थापक अध्यक्षका रुपमा सुरु भएको उनको यात्रा निरन्तर अघि बढीरहेको छ । त्यस पछि उनले कहिल्यै पछि फर्केर हेर्नु परेन । जनकल्याण सुरु गर्दा कडेल स्थानीय प्राथमिक विद्यालयका शिक्षक थिए । त्यसवेला चितवन घुम्न जाँदा चितवनको दिपज्योती साकोसका अध्यक्ष रामप्रसाद अधिकारीको सल्लाह सुझाव र उत्साहले नै उनलाई सहकारी अभियानमा डोर्यायो | जनकल्याण सहकारीबाट यात्रा सुरु गरेपछि विस्तारै मिनराजको रगतमा सहकारी दौडन थाल्यो । उनलाई सहकारी अभियानमा लाग्ने हौसल्ला बढ्दै गयो । यसैले ०५४ सालमा मिनराजकै अध्यक्षतामा जिल्ला सहकारी संघ समेत स्थापना भयो । यहिबाट उनले सहकारी राजनीतिमा पाइलो टेके ।

कडेलको सहकारी यात्रा
२०५३ असार : जनकल्याण साकोस, संस्थापक अध्यक्ष
२०५४ मंसिर : जिल्ला सहकारी संघ धादिङ, संस्थापक अध्यक्ष
२०५९ असार : नेफ्स्कून उपाध्यक्ष ,२०६४ मंसिर : नेफ्स्कून अध्यक्ष,२०६४ मंसिर : राष्ट्रिय संघ संचालक
सन् २०१० : अक्कु द्धितीय उपाध्यक्ष,सन् २०१२ :अक्कु प्रथम उपाध्यक्ष

१५ वर्षसम्म निरन्तर जिल्ला संघको अध्यक्ष रही स्थानिय सहकारीको प्रवद्र्धन र विकासमा भूमिका खेलेका उनी त्यसपछि भने केन्द्रीय संघतिर लागेका हुन् ।
२०५९ असारमा बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ नेफ्स्कूनको उपाध्यक्ष भएका कडेलले २ कार्यकाल उपाध्यक्ष रहे । त्यसपछि ०६४ मंसिरबाट उनी नेफ्स्कूनको अध्यक्षमा निर्वाचित भए । नेफ्स्कूनको अध्यक्षकै हैसियतमा उनी राष्ट्रिय सहकारी संघको संचालक पनि रहे उनी ।
कडेलको सहकारी यात्रा नेपालमा मात्र पनि सिमित रहेन । उनी २०१० देखि एसियाली ऋण महासंघ ९अक्कु० को प्रथम उपाध्यक्षमा निर्वाचित भए । २०१२ सेप्टेम्बरबाट अक्कुको प्रथम उपाध्यक्ष निर्वाचित भएका उनी हालसम्म कार्यरत रहेका छन् ।
२०१७ साल माघ २० गते धादिङको बेनीघाट—१ मलेखुमा जन्मिएका कडेल जिल्लामा लामो समयसम्म शिक्षकका रुपमा रहे । उनले गजुरी विद्यालयबाट स्कुले शिक्षा लिए भने त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र शिक्षामा स्नातक उर्तिण गरेका छन् । एसएलसी उर्तिण गर्नेवित्तीकै २०३२ सालदेखि शिक्षण पेशामा रहेका कडेल लामो समयसम्म शिक्षक रहे । वागेश्वरी प्राथमिक विद्यालयबाट सुरु भएको उनको शिक्षण यात्रा सोही विद्यालयमा २०४३ सालमा माध्यमिक तहमा पुर्याई प्रधानाध्यापक भई काम गरे । २०५५ सालमा शिक्षकबाट पेन्सन भएपछि उनी पूर्णकालिन सहकारी अभियन्ता भएका छन् । सहकारीमा लागेको सुरुवाती दिनमा तत्कालिन राष्ट्रिय संघका अध्यक्ष दिपकप्रकाश बास्कोटाको पहलमा उनी ७ दिने तालिमका लागि भारत पुगेका थिए । उक्त तालिमको समापनका दिन बास्कोटा पनि भारत नै पुगे । उनले कडेललाई तालिमबाट के भयो भनेर सोध्दा अव म जीवनभर सहकारी अभियानमा लाग्छु भनेर प्रण गरेको सम्झन्छन् । “जीवनभर सहकारीमा लाग्छु भनेर बास्कोटा सरसँग गरेको प्रण नै मेरो जीन्दगीको मुलमन्त्र बनेको छ” कडेल सम्झन्छन् ।
कडेल सहकारीमार्फत नै देशको विकास गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । विषेश गरी सहरी क्षेत्रका सहकारीमा केही समस्या देखिएको र त्यसबाट सिंगो अभियान नै बदनाम भएको बताउने उनी यसलाई हटाउनका लागि शिक्षा तालिम र सूचनालाई नै पहिलो प्राथमिकता दिनुपर्छ भन्छन् । यसैगरी सहकारी अभियानसँग मिलेर सघन अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank