उपराष्ट्रपतिद्वारा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरिने

दलित अनलाईन ११ कार्तिक २०७५, आईतवार १९:२०

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना  गर्ने हुनुभएको छ ।

यही कात्तिक १६ गते अपरान्ह साढे २ बजे उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरिएको हाे । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीहरु सहभागी हुनुहुनेछ  ।

समारोहमा पुर्व राष्ट्रपति, पुर्व उपराष्ट्रपति, पुर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

प्रत्येक वर्षको तिहार, छठ तथा नेपाल संवत्को अवसर पारेर उपराष्ट्रपतिले जलपान समारोहको आयोजना गर्ने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank