भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

दलित अनलाइन भदौ १८, २०८३

काठमाडौँ —सरकारले यही भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरुको सम्मानमा मन्त्रिपरिषदले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

यही भदौ १० गतेको बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप घटना भएको १३औं दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank