राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता

दलित अनलाइन साउन ६, २०८३

काठमाडौँ —  मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, समन्वय र प्रतिकार्यको अवस्थाबारे जानकारी माग गर्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको विषयअन्तर्गत ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६७ बमोजिम दर्ता गरिएको उक्त प्रस्तावमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्तावकले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटजस्ता विपद्को जोखिम बढिरहेको अवस्थामा सरकारले पर्याप्त पूर्वतयारी गर्न नसकेको बताएका छन् ।

प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८३ अनुसार यस वर्ष देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरिएको उल्लेख गरिएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन प्रस्ताव दर्ता गरिएको हो ।

ध्यानाकर्षण प्रस्ताव

prastav--(1)-1784700226.jpg
prastav--(2)-1784700233.jpg
prastav--(3)-1784700240.jpg
prastav--(4)-1784700248.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank