मलेसियामाथि नेपलाको ७ विकेटको जित, जित्यो सिरिज

दलित अनलाइन जेष्ठ ८, २०८३

काठमाडौं —  एसियन गेम्स छनोटको तयारी खेलिरहेको मलेसियाविरुद्धको टि–२० नेपाली महिला टिमले जितेको छ।

शुक्रबार मलेसियामा भएको दोस्रो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै नेपालले सिरिज २–०ले जितेको हो। पहिलो खेलमा नेपालले ६८ रनको झिनो लक्ष्य पछ्याउँदा २ रनको संघर्षपुर्ण जित निकालेको थियो।

मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागिसम्झना खड्काले नटआउट ३९ रन बनाउँदा कविता कुँवरले पनि नटआउट १९ रन बनाइन् । बलिङमा मलेसियाका लागि नुर दानिया, आइसा एलिसा र आइना हमिजाले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो। यसका लागि आइना हमिजाले १७ धनुश्रीले १५ र आरियाना नताशा १३ रन बनाइन्।

बलिङमा नेपालका कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान २ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank