प्रधानमन्त्री खोज्दै सनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

दलित अनलाइन बैशाख ३०, २०८३

काठमाडौं — प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थागित भएको छ।

सदनमा प्रधानमन्त्री बालेन शाहको उपस्थितको माग गर्दै प्रतिपक्षी दलहरूले बैठकमा अवरोध गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

Shivam Cement

आजको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल र पारित हुने कार्यक्रममा तय थियो।

बैठकको आकस्मिक समय र शून्य समयको कार्यक्रम सकिएलगत्तै समभामुख अर्यालले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नका लागि प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई अनुमति दिएपछि विपक्षी दलका सांसदहरु उठेर सदनमा अवरोध गरेका थिए।

विपक्षी दलका सांसदहरू नीति तथा कार्यक्रम माथिको छलफल र जावफ दिन प्रधानमन्त्री नै उपस्थित हुनेपर्ने माग गर्दै नाराबाजी गरेका थिए। उनीहरुले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका थिए।

त्यसपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरू र सत्ता पक्षकै सांसदहरुलाई बोल्न समय दिए। उनीहरुले बोलेपछि सभामुख अर्यालले सांसदको नियमावली अनुसार बैठक अगाडि बढाउने प्रयास गरे। तर, पुनः विपक्षी सांसदहरूले उठेर अरोध गरेका थिए।

त्यसपछि उनले १५ मिनेटका लागि बैठक स्थागित गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank