काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउँदै पर्याप्त प्रमाण अभावका कारण अन्ततः रिहा भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गर्दै सरकारले फौजदारी मुद्दा चलाउन आवश्यक आधार जुटाउन नसकेको बताएका हुन्। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि उनले सम्मान प्रकट गरेका छन्।

ओलीले प्रहरी हिरासतमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको भन्दै प्रहरी–प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यस क्रममा उनले आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भएमा आफ्नो पार्टीले खर्च व्यहोर्ने पनि उनले जनाएका छन्।
स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले आफ्ना शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।


























Leave a Reply