क्षमायाचनाको राजनीतिले मात्र दलितमाथिको विभेद अन्त्य हुने होइन : गणेश विश्वकर्मा

दलित अनलाइन चैत्र २४, २०८२

काठमाडौँ — नेकपाका सांसद गणेश विश्वकर्माले दलितमाथिको अमानवीय व्यवहार अन्त्यका लागि संरचनागत परिवर्तन आवश्यक रहेको बताएका छन् ।

मंगलबारको संसद बैठकमा सांसद विश्वकर्माले क्षमायाचनाको राजनीतिले मात्र नहुने उल्लेख गर्दै  संरचनागत परिवर्तनलाई जोड दिएका हुन्। ‘दलितमाथिको अमानवीय व्यवहार संरचनागत परिवर्तनको अनिवार्य विषय भएको हुनाले भावनामा आएर कुनै क्षमायाचनाको राजनीतिले मात्र यसको अन्त्य हुने होइन,’ उनले भने।

दलितहरुलाई क्षतिपूर्ति हुने गरी विशेषाधिकारको प्याकेजसहित संसद्ले दलित अधिकार दशक घोषणा गर्नुपर्नेमा सांसद विश्वकर्माले जोड दिए। ‘विभेदबाट विक्षिप्त नेपालका दलितहरुको राजनीतिक, आर्थिक र सामाजिक जीवनको क्षतिपूर्ति हुने गरी विशेषअधिकारको प्याकेजसहित यस सम्मानित संसद मार्फत् आगामी दशकलाई दलित अधिकार दशक घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank