सरकारले ६ देशका राजदूत फिर्ता बोलायो

दलित अनलाइन चैत्र २४, २०८२

काठमाडौँ — सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

फिर्ता बोलाइएको राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्मा,दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे ,अस्ट्रेलियाका लागि चित्रलेखा यादव,श्रीलङ्काका डा. पूर्णबहादुर नेपाली,  डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत १७ देशका कूटनीतिक नियोग नेतृत्वहीन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank