‘जनताको फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो’ : केपी ओली

दलित अनलाइन फाल्गुन २८, २०८२

काठमाडौँ —  निर्वाचनको एक सतापछि आफ्नो र पार्टीको पराजय स्विकार गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा मत नआएपनि नेकपा जनताप्रति एमालेको प्रतिवद्धता कमजोर नभएको बताएका छन्।

यसपालिको निर्वाचन आफूले अपेक्षा गरेअनुसार नभएको भन्दै उनले त्यसलाई सम्मानका साथ स्विकार गरेको पनि बताएका छन्।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु’ उनले समाजिक सञ्जालमा लेखेका छन् ‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।’

Nic asia bank

उनले यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको मतबारेमा भने केही भनेका छैनन्। रास्वापले प्रत्यक्ष र समानुपातिक गरेर १८३ सिट हासिल गरेको छ। एमाले भने तेस्रो दलका रुपमा छ।

‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन’ उनले लेखेका छन् ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank