रास्वपाविरुद्ध कांग्रेस र एमालेसँग मिल्नसक्ने प्रचण्डको संकेत

दलित अनलाइन फाल्गुन १३, २०८२

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेसँग मिल्न सक्ने सकेत गरेका छन्।

पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै देश जलाउनेहरूका विरुद्ध जानको लागि कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका हुन्।

Nic asia bank

उनले भने, ‘संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकको प्रवक्ता हाम्रो पार्टी हो। त्यो हुनुको नाताले हामीले एकातिर सिंहदरबारदेखि सबै जलाउने दलालहरूबाट देश, संविधान, शान्ति प्रक्रिया, बचाउन कांग्रेस र एमालेसँग पनि हामीले कुरा गर्नुपर्नेछ। ती हिजोका हाम्रा सहयात्री हुन्। तिनसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध जाने हदसम्म संवाद पनि गर्नुपर्ने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank