आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

दलित अनलाइन माघ १, २०८२

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशन समूहका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन्।

विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए।

‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ। नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं,’ उनले भने।

Nic asia bank

थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो। उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरी हुने स्पष्ट पारे।

थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सीसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे। उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे।

‘हामीले आज निर्वाचन आयोगमा त्यही कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरसिप परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ। त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं । चाहिने सबै विवरण हामीले बुझाएका छौं,’ उनले भने, ‘माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ। त्यसैले भोलि ढिलोमा पर्सीसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ । हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौँ । बाहिर पनि सार्वजनिक छन्।’

सोही समूहका महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्नेपार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाई छ।

‘कांग्रेस पार्टी त विधानले निर्दिष्ट गरेअनुसार चल्ने होला नि त। सोही अनुसार नै पार्टी चलिरहेको छ। विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोजौं भनेर सम्भव हुँदैन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank