यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णयहरू

दलित अनलाइन पुस २९, २०८२

काठमाडौँ —  सरकारले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

Nic asia bank

यस्तो छन्, मन्त्रिपरिषद्का निर्णयहरू

१.अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम अमेरिकी डलर दुई लाख ८३ हजार पाँच सय तीन भुक्तानी गर्न स्वीकृति दिने ।

२.मेक्सिकोमा २०८२ माघ २६ देखि फागुन १ गतेसम्म आयोजना हुने एएमएल सिएफटी सम्बन्धी एफएटीएफको एभिलबचथ तथा Working Corrap

बैठकमा सहभागी हुन अर्थमन्त्रालयका सचिव (राजस्व श्री भूपाल बराललाई स्वीकृति प्रदान गर्ने।

३.वित्तीय क्षेत्र विकास नीति २०६२र६३ २०६६र६७ स्वीकृत गर्ने।

४.२०८२ माघ ६ गते चीनको सिजाग (ल्हासा) मा आयोजना हुने Nepal–China Coordination Mechanism on Border Trade and Competion को तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।

५.२०८२ माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने Nepal–China Coordination Mechanism on Border Trade and Competion को तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।

६.नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने।

७.२०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९th Session of the Governing Council of the International Fund for Agricultural Development -IFAD_ मा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

८.म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा २०८२ माघ ९ देखि १२ गतेसम्म सहभागी हुन माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधारलाई स्वीकृति प्रदान गर्ने।

९.२०२५ मार्चको भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय पुनःनिर्माण र गंगाघाट मन्दिरको पुनःनिर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने।

१०.मानव बेचविखने विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने।

११.समस्याग्रस्त संस्था वा सङ्गको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्यकागर्ने व्यवस्थापन समितिको सदस्य श्री उद्वव प्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा श्री मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने।

१२.नेपाली सेनाका तीन जना महासेनानीहरूको सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरूको सरूवा गर्ने।

१३ २०८२ माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने Sixth Global Conference on the Elimination of Child Labour मा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने।

१४ स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्द प्रसाद निरौलाको २०८२ माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिने।

१५.दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने।

१६.इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्ने गरी मालपोत कार्यालय र नापी कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

१७.गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने।

१८.२०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठन (WHO) को १५ th session of the Executive Board मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

१९.सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा श्री रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank