यस्तो देखियो ड्रोनबाट कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल [तस्बिर]

दलित अनलाइन पुस २७, २०८२

काठमाडौँ —  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ । दिउँसो उद्घाटन सत्र चलिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू सबै जिल्लाबाट आएका छन् । उपत्यकाका विभिन्न छ स्थानबाट बिहान निस्केको जुलुस कार्यक्रम स्थल भृकुटीमण्डपमा आएसँगै उद्घाटन सत्र चलिरहेको हो । Nic asia bank

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन र बिरुवामा पानी हालेर संयुक्त रुपमा दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरे ।  त्यससँगै नेताहरुबाट विचार राख्ने क्रम चलिरहेको छ । त्यस्तै सांस्कृतिक समूहबाट कांग्रेसलाई जागरुक गराउने गीतहरुसमेत प्रस्तुत भइरहेका छन् ।  विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि भइरहेको हो ।

congress-special-general-assam-82-9-27pppqq (2).jpeg
congress-special-general-assam-82-9-27pppqq (4).jpeg
congress-special-general-assam-82-9-27pppqq (5).jpeg
congress-special-general-assam-82-9-27pppqq (7).jpeg
congress-special-general-assam-82-9-27pppqq (10).jpeg
congress-special-general-assam-82-9-27pppqq (4).jpg
congress-special-general-assam-82-9-27pppqq (5).jpg
congress-special-general-assam-82-9-27pppqq (6).jpg
congress-special-general-assam-82-9-27pppqq (7).jpg
congress-special-general-assam-82-9-27pppqq (9).jpg
congress-special-general-assam-82-9-27pppqq (10).jpg
congress-special-general-assam-82-9-27pppqq (11).jpg
congress-special-general-assam-82-9-27pppqq (1).jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank