सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

दलित अनलाइन मंसिर ५, २०८२

काठमाडौँ —   सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ज गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा १७५ रन बनाउन सक्यो।

पोखराले लगातार दोस्रो हार व्यहोरेको दिन सुदूरपश्चिमले भने एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो। यो जितसँगै चार अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पोखरा भने अंक तालिकाको पुछारमा झरेको छ।

Shivam Cement

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाए। उनले ३२ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए। त्यस्तै, जेम्स निसमले ४७ रन बनाए। उनले २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि हरमित सिंहले दुई, स्कट कुग्लिजिन, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र नरेन साउँदले एक–एक विकट लिए।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank