राजनीतिक अन्योल र संकटमा मधेस- आज प्रदेससभामा के होला ?

दलित अनलाइन मंसिर ३, २०८२

काठमाडौँ — राजनीतिक संकट र अन्योलका बीच मधेस प्रदेससभाको बैठक आज आह्वान गरिएको छ।

मुख्यमन्त्री नियुक्ति र प्रदेस सभामुखमाथिको अविश्वासको प्रस्तावसँगै मधेसको राजनीति गहिरो संकटमा फँसेको छ। यहीबीचमा उपसभामुख बविता राउत ईशरले आज दिउँसो १ बजेका लागि प्रदेससभा बैठक बोलाएकी छिन्।

अहिले मुख्यमन्त्री नियुक्तिका विरुद्ध सर्वोच्चमा मुद्दाहरू छन्। त्यस्तै सभामुखमाथिको अविस्वासको प्रस्तावविरुद्ध पनि सर्वोच्चमा मुद्दा परेको छ। गत साता तत्कालीन मधेस प्रदेस प्रमुख सुमीत्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्रीमा नियुक्त गर्दै होटेलमै सपथ खुवाएकी थिइन्। अर्को दिन नै संघ सरकारले उनलाई बर्खास्त गरेको थियो।

उक्त नियुक्तिलाई एमालेबाहेकका राजनीतिक दलहरूले स्वीकार गरेका छैनन्। उनीहरू दशौ दिनदेखि आन्दोलनमा छन्। त्यसबीचमा केही सांसदहरुले प्रदेस सभामुख रामचन्द्र मण्डलमाथि अविस्वासको प्रस्ताव पनि दर्ता गएका छन्। त्यसपछि ३२ जना सांसदहरूले प्रदेस सभाको बैठक बोलाउन माग गर्दै उपसभामुख ईशरलाई पत्र बुझाएका थिए। २५ प्रतिशत सांसदले माग गरेपछि प्रदेससभाको बैठक बोलाउनुपर्ने कानुनी बाध्यता छ।

यसबीचमा मंगलबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएपछि मधेसमा थप अन्योल छाएको छ। यद्यपि एमाले पक्षधरहरूले त्यो आदेशमा खुसीयाली पनि मनाइरहेका छन्।

मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७ दलका ७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। मुद्दाको अन्तिम फैसला भने मंसिर ११ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank