मधेश प्रदेशमा मुख्यमन्त्री विवाद– ७४ सांसदको रिटमा सर्वोच्चले छलफलमा डाक्यो

दलित अनलाइन कार्तिक २६, २०८२

काठमाडौँ —   सर्वोच्च अदालतले मधेसको मुख्यमन्त्री नियुक्तिलाई लिएर दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेशका लागि रिट निवेदक र विपक्षी निकायलाई छलफलमा डाकेको छ ।

मुख्यमन्त्री नियुक्ति विवादमा मधेस प्रदेशका ७४ सांसदको तर्फबाट मंगलबार कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए।

Shivam Cement

उक्त रिटमा प्रारम्भिक छलफलपछि सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले बुधबार अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई डाकेको हो।

यसअघि पनि मंगलबार मधेश प्रदेशमा ठूलो दलको हैषियतमा होटेलमा नियुक्ति लिएर शपथ खाएका सरोज यादवलाई दिर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चबाट अन्तरिम आदेश जारी भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank