सुशीला सरकार ढाल्ने र आन्दोलन कमजोर पार्न राजनीतिक खेल भइरहेको छ : सुधन गुरुङ

दलित अनलाइन कार्तिक २२, २०८२

काठमाडाैं — हामी नेपालका संस्थापक सुधन गुरुङले अहिले सुशीला सरकार ढाल्ने र आन्दोलन कमजोर पार्न राजनीतिक खेल भइरहेको जिकिर गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै गरूङले प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको आफूहरू ढाल बनेर उभिएको बताएका छन् ।

उनको भनाइ छ, ‘जो कोही यो समय गलत राजनीतिक खेल खेल्ने, हाम्रो सरकार ढाल्ने, वा यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा छन् । सबैले याद राख्नुस् प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ ।’

हिजो गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका गुरुङले आफू गृहको कामबाट सन्तुष्ट नभएको दोहोर्‍याएका छन्। उनले लेखेका छन्, ‘हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ । यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो । यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर। या सरकार ढलाउने खेल वा सविधानमाथि धावा ।’

Shivam Cement

आफूहरू सडकमा कसैलाई मन्त्री बनाउन नआएको भन्दै मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जवाफदेहिताको लागि आएका हौ गुरुङले लेखेका छन् ।

‘हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ । सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दैछु किनकि हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो । हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ, किनकि म्यान्डेट जनताले दिएको हो। आज उँहाहरुले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ ?’, सुधनको भनाइ छ ।

उनको स्टाटस जस्ताको तस्तै-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank