जैमिनी नगरपालिका वडा सदस्य केन्द्र रसाईलीले दिए १ लाख ४ हजार ८ सय ४० रुपैयाँको शैक्षिक सामाग्री

दलित अनलाईन २४ भाद्र २०७५, आईतवार १६:५२

बागलुङ– आफ्नो तलव र भत्ता बापतको रकम विद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गरेका हुन् । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४ हजार ५४ रुपैयाँ बरावरको शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
विपी कोइरालाको १०५ औ जन्मजयन्तीको अवसरमा रसाईलीको संयोजनमा संस्कृत माविमा विज्ञान सामाग्री हस्तान्तरण गरिएको थियो । विद्यार्थीले प्रयोगात्मक रुपमा अध्ययन गर्न नपाईरहेको अवस्थामा सैद्धान्तिक भन्दा पनि व्यहारीक शिक्षामा टेवा पुग्योस भन्नको लागि सहयोग गरेको केन्द्र रसाईलीले बताउनुभयो ।
जनप्रतिनिधि भएदेखि अहिले सम्मको तलव,भत्ता र बैठकबाट १ लाख ४ हजार ८ सय ४० रुपैयाँ प्राप्त भएको र त्यस मध्यवाट ८४ हजार ५४ रुपैयाँको आफुले विज्ञान सामाग्री खरिद गरि विद्यालयमा प्रदान गरेको उहाँले बताउनुभयो । अन्य बा“की रकम स्वास्थ्यमा प्रदान गर्ने तयारी गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधि भएदेखि ५ बर्ष सम्म प्राप्त हुने तलव र भत्ता सम्पुर्ण शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य एवं दलित सघंका पुर्व महामन्त्रि प्रकाश रसाईलीले सामाजिक क्षेत्रमा लागेका युवाहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अत्यन्तै सान्दर्भक हुने बताउनुभयो ।
जनप्रतिनिधीहरुको चौतर्फी आलोचना मात्र आईएको अवस्थामा केही जनप्रतिनिधीहरुले राजनितिलाई पेशा नभनी सेवाको भावनाले लाग्नु गर्वको कुरा भएको बताउनुभयो । नेपाली काग्रेसबाट विजयी भएका जनप्रनिनिधिहरुबाट जनताको मन जित्ने काम अहिलेको अवस्थामा भएको उहाँले बनाउनुभयो । नेपालमा कम्युनिष्टहरुबाट विजय नभएका जनप्रतिनिधिहरुले भनाई र गराईमा फरक काम गर्ने हुँदा जनताले उनिहरुलाई मुल्याङन गरिसकेको बनाउनुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल,नेपाल बिद्यार्थी सघंका केन्द्रिय सहमहामन्त्रि हरिहर शर्मा,नेका जिल्ला सदस्य सिताराम रसाईली,नेविसघंका जिल्ला अध्यक्ष खडक थापा,नेपाल शिक्षक सघंका अध्यक्ष उमाकान्त पौडेल,नेपाल तरुण दलका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’,कर सेवा कार्यालयका प्रमुख सुर्य चापागाई,नेका क्षेत्रिय सदस्य बिष्णु आचार्य,नेका वडा सभापति एवं वडा सदस्य बमबहादुर क्षेत्री लगाएले बोल्नुभएको थियो ।

https://www.facebook.com/profile.php?id=100002467073601

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank