कोशी ब्यारेजका सबै ढोका खोलियो

दलित अनलाइन अशोज १९, २०८२

काठमाडौँ —सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। बिहान ९ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव चार लाख ३१   हजार ५२५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार दुई सय क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात ७७१ क्युसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ। १३ असोज ०८१ मा ६ लाख ६१  हजार क्युसेक पानी कोशी ब्यारेजमा मापन गरिएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्षयता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको थियो । कोशी नदीको पानी कोशी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको ३७ देखि १ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको थियो ।

०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वीतटबन्ध भत्काएको थियो। त्यतिवेला कोशीले पूर्वीतटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यतिवेला सप्तकोशी नदीले पूर्वीतटबन्ध भत्काउँदा सात हजार पाँच ५६३ परिवार विस्थापित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank