आज दिउँसो अनि राति यी प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

दलित अनलाइन भदौ १२, २०८२

काठमाडौं —  मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।

त्यसो त अहिले पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिररहेको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिन अनुसार,

आज दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली ढआकाशमा पातलो बादलण रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभाग साथै लुम्बिनी प्रदेश र कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank