प्रतिनिधिसभा बैठक : विशेष समय

दलित अनलाईन २१ भाद्र २०७५, बिहीबार १९:१३

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद छविलाल विश्वकर्माले नेपाल राष्ट्रिय पुस्तकालयलाई अझ व्यवस्थित गरी थप संरक्षणको गर्न माग गर्नुभएको छ ।

उहाँले देशको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएका राष्ट्रिय पुस्तकालयलाई एकीकृत र सुरक्षित गरिनुका साथै प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुई वाइड बडी विमानमाथि अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न माग गर्नुभयो । सांसद अनिलकुमार झाले कैलालीबाट निर्वाचित रेशम चौधरीलाई सांसद पदको शपथ गराइ प्रमाणपत्र दिलाउन माग गर्नुभयो ।

सांसद उमा शङ्कर अगरियाले धानबालीमा मलको अभाव रहेको भन्दै किसानलाई मल उपलब्ध गराउन आग्रह गर्नुभयो । सांसद प्रेम सुवालले विकास निर्माणका विभिन्न क्षेत्रमा भएको अनियमिततामाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद खगराज अधिकारी हालै इण्डोनेशियामा सम्पन्न एसियन खेलकूद प्रतियोगितामा रजत पदक प्राप्त गर्ने खेलडीलाई जीवन निर्वाहमुखी भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । सांसद उमाकान्त चौधरीले बारा र पर्सा जिल्लाको छोटी भन्सारलाई व्यवस्थित गराउन माग गर्नुभयो ।

सांसद सरिता गिरीले महिला हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिँदै कार्ययोजना बनाई लागू गर्नुपर्छ भन्नुभयो । सांसद हितबहादुर तमाङले वर्षात्का कारण क्षति पुगेका सडकलाई पुनः निर्माण शुरु गर्न र बाढी पहिरो पीडित जनतालाई राहत पु¥याउन ध्यान दिनुपर्छ भन्नुभयो ।

सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न र महिला हिंसा अन्त्य गर्नुपर्छ भन्नुभयो । सांसद शशी श्रेष्ठले बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको घटनाको छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्नुभयो ।

सांसद प्रमोद साहले मधेश आन्दोलनका क्रममा दोषी ठहरिएका अभियुक्तलाई कानूनी दायरामा ल्याइनुपर्नेमा जोड दिनुभयो । सांसद पद्म गिरीले बैंकहरु बढी नाफामुखी भएर पटक–पटक अस्वभाविक व्याजदर बढाएर लगानीकर्तालाई निरास बनाएको भन्दै बैंकको सिण्डिकेट तोडिनुपर्ने खाँचो औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank