काठमाडौं — नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। दिउँसो ४ बजे सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १६ गतेदेखि बस्ने स्थायी समिति बैठकका एजेण्डा प्रस्तुत गरे।
बैठकले ‘जनतासँग माओवादी विशेष अभियान’अन्तर्गत हुलाकी र मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मध्यपहाडी अभियान सुदूरपश्चिमको पाटनबाट सुरु भई कास्कीमा हाल स्थगित छ। अध्यक्ष प्रचण्डले यो अभियानलाई चाँडै निरन्तरता दिने प्रस्ताव राखेका थिए, जसलाई बैठकले अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए।
_gvisrZNAeA.gif)
बैठकमा स्थायी समिति बैठकका लागि अभियान सञ्चालन, केन्द्रीय समिति बैठक, समाजवादी मोर्चा, संघर्षका कार्यक्रमलगायत एजेण्डा तय गरिएको छ।


























Leave a Reply