मन्त्रिपरिषद्को निर्णयले महालक्ष्मी नगरपालिकाको भवन निर्माणको बाटो खुल्यो

दलित अनलाइन जेष्ठ ३०, २०८२

ललितपुर– महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन भएको छ । मन्त्रिपरिषदको जेठ २६ गते बसेको बैठकले हाल वडा नम्बर ४ इमाडोल कमलपोखरीबाट केन्द्र परिवर्तन गरी वडा नम्बर ८ लुभुस्थित देविस्थान कायम गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Shivam Cement

वडा नम्बर ४ इमाडोल कमलपोखरीबाट केन्द्र परिवर्तन भएसँगै नगरपालिकाको प्रशासनिक भवन निर्माणको बाटो खुलेको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए । ‘ढिलै भए पनि केन्द्र परिवर्तन गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको छ, यो खुसीको कुरा हो,’ उनले भने, ‘अब नगरपालिकाको भवन निर्माणको कामले गति लिन्छ ।’

नगर प्रमुख श्रेष्ठले आगामी कार्यपालिका बैठकले भवन निर्माणका लागि डीपीआर सम्बन्धी निर्णय गर्ने जानकारी दिए ।

वडा नम्बर ४ इमाडोलमा भवन निर्माणका लागि प्रर्याप्त जग्गा नहुँदा केन्द्र परिवर्तन गर्नुपर्ने निष्कर्षमा नगरपालिका पुगेको हो । पूर्व नगर प्रमुख रामेश्वर श्रेष्ठको कार्यकालमा नै भवन निर्माणको प्रक्रिया सुरू गरे पनि जग्गा अभावमा काम अगाडि बढ्न सकेको थिएन ।

नगर प्रमुख श्रेष्ठले प्रशासनिक भवन निर्माणलाई आफ्नो चुनावी एजेन्डामा समेत राखेका थिए । उनले लुभुमा प्रशासनिक भवन र वडा नम्बर १ मा बहुद्देश्यीय भवन निर्माणको कामले सँगसँगै प्राथमिकता पाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank