प्रचण्डले ओलीलाई भने – दलितलाई बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउँन खोजेको ?

दलित अनलाइन बैशाख २२, २०८२

काठामडौं   —  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको दाबी गरेका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रचण्डले  दलित बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो?’ भन्दै प्रश्न गरेका हुन्।

आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण गराउँदै उनले दलित, महिला, श्रमिक, अपांग, सीमान्तकृत र उपेक्षित समुदायको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउने उद्देश्यले ऐतिहासिक कार्यक्रमहरू अघि सारिएको बताए। तर वर्तमान सरकारको नीति तथा कार्यक्रममा ती कार्यक्रमहरू पूर्ण रूपमा हटाइएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

‘संसदमा मैले आग्रह गरेको थिएँ, मेरो नेतृत्वको सरकारबाट ल्याइएका दलित, महिला, घाइते, अपांग तथा श्रमिक समुदायसम्बन्धी कार्यक्रमहरू बदला स्वरूप च्यात्न नपरोस्। तर अहिले त तिनको शीर्षकसमेत डिलिट गरिएको छ,’ उनले भने।

Laxmi sunrise bank 2034

प्रचण्डले अघिल्लो सरकारले व्यापक छलफलपछिको तयारीस्वरूप अघि सारेको ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’का लागि कानुन निर्माणसम्बन्धी प्रक्रिया पनि रोकिनु निन्दनीय भएको बताए।

‘गत वर्षको नीति कार्यक्रममा विधेयक ल्याउने भनिएको थियो, अहिले त्योसमेत हटाइएको छ,’ उनले भने।

उनले प्रश्न गरे, ‘छोरीहरूको शिक्षाका कार्यक्रम हटाएर कस्तो समानता खोजिएको हो दलितलाई नीति तथा कार्यक्रमबाटै बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउने योजना हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank