
काठमाडौं — नेकपा एकीकृत समाजवादीले सरकार समक्ष राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा सुधारको विषय समेटेर माग पत्र पेश गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर मागपत्र बुझाएका हुन् ।
नेकपा एसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नारासहित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि विभिन्न सुझाव दिएको छ ।
नेकपा एसले मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
‘सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा/स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार ढिलासुस्ती रहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आआफ्ना योजनाहरू पेश गर्नेछन् । त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ’, मागपत्रमा भनिएको छ ।
यस्तो छ नेकपा एसको मागपत्र
Leave a Reply