दलित युवती पूजा रामको अपहरणपछि हत्या भएको भन्दै जाहेरी

दलित अनलाइन बैशाख ३, २०८२

सप्तरी — सप्तरीको सुरुङ्गा नगरपालिका–७ की   २० वर्षीया दलित युवती पूजा कुमारी रामको अपहरणपछि हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनामा बुधबार जाहेरी परेको छ।

नयाँ वर्षको रात हराएकी कुमारी रामको  शव मंगलबार बिहान घर नजिकैको पोखरी किनारमा घाँसपातले छोपिएको अवस्थामा मृत फेला परेकी थिइन्।  २० वर्षीया पूजाकुमारी रामकी आमा रामबतीदेवी रामले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी छन्।

Laxmi sunrise bank 2034

घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक खतिवडाले बताए। ‘प्रारम्भिक अनुसन्धानले युवतीको हत्या भएको हुनसक्ने आशंका छ,’ उनले भने, ‘शव पोस्टमार्टमका लागि मंगलबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।’

मंगलबार मृत भेटिएकी किशोरीमाथि २०७८ मंसिर १४ गते बलात्कारको प्रयास भएको थियो। आफ्नै घरनजिकको बाँसघारीमा स्थानीय ठाकुर थरका एक किशोरले कपडाले मुख थुनेर जबरजस्ती करणी गर्न खोज्दा होहल्ला भएपछि ती किशोर भागेका थिए। जानकारीपछि प्रहरीले २०७८ मंसिर २० गते ती किशोरलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयले २०७८ मंसिर २३ गते जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।

किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान पश्चात सप्तरी प्रहरीले उनलाई प्रतिवादी बनाएर सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरी हिरासतमा १७ दिन बसेका ती किशोरलाई थुनछेकका लागि अदालतमा पेस गर्दा नाबालक ठहर भएकाले परिवारको जिम्मा लगाइएको थियो । नाबालक ठहर भएकाले बाल सुधारगृहमा पठाउनुपर्ने भए पनि ठाकुर थरका किशोर दुई वर्षसम्म फरार भए पनि एक हप्ता अघि  उनी गाउँमा  फर्किएका थिए।  प्रहरीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank