प्रचण्डको दाबी- हामीले पचासौं हजार जनता उतारेकै कारण ठूलो दुर्घटनाको खतरा टर्‍यो

दलित अनलाइन चैत्र १६, २०८१

काठमाडौँ —  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन्।

शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन्।

Laxmi sunrise bank 2034

उनले भने, ‘यदी समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो शालिनता, संयमता, अनुशासन र सभ्यताको प्रतिकका रुपमा आफूलाई प्रस्तुत नगरेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो। हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो।’

साथै उनले सबै गणतन्त्रवादीहरूलाई आत्मसमिक्षा गर्दै सच्चिनुपर्ने बताए। उनले शुक्रबार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भसहित आपसमा टक्राइरहेको बताए।

उनले भने, ‘सबै गणतन्त्रवादीहरूलाई आफूले आत्मसमिक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अरु गणतन्त्रवादीहरू जो अहिले सरकारमा छन् उनीहरू पनि सच्चिनपर्यो। उनीहरूले  आफ्नो  क्रियाकलापलाई गणतन्त्रवादी बनाउनुपर्यो भन्ने कुरा हामीले अपिल गर्यौं। तर त्यसै समयमा निरंकुश राजावादी तत्वहरूले तीनकुनेमा अपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भसहित आपसमा टक्राइरहेका थिए।’

उनले हिजो कार्यक्रम राखेको प्रति आफूलाई धेरैले बधाई र धन्यवाद सुनाएको पनि बताए। मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा राखेको थियो।

यता राजावादी समूहले भने तीनकुनेमा जनप्रदर्शनको कार्यक्रम राखेका थिए। राजावादी समूहको उक्त कार्यक्रम विथोलिँदा ठूलो जनधनको क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank