‘धर्म संस्कृतिको निहुँमा दलित समुदायलाई विभेद गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ’ सांसद पार्वती विसुन्के (भिडियो सहित)

दलित अनलाईन ८ भाद्र २०७५, शुक्रबार २३:४२

काठमाडौं–प्रतिनिधिसभाकी सांसद पार्वती विसुन्केले धर्म सस्कृति निहुँमा दैलेखमा दलित समुदायलाई विभेद गरेको भन्दै संसदमा ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रबार संसदमा बोल्दै सांसद विसुन्केले मनुस्मृतिलाई घोटेर धर्म संस्कृतिका नाममा देखिएर र नदेखिएर विभेद गरेको भन्दै सरकारले बनाएको कानुनलाई लागू गर्नुपर्ने बताउनुभयाे । जनैपूर्णिमाको अवसरमा रक्षा बन्धन बाँध्ने आफुहरुले नसक्ने भन्दै दैलेखमा ब्राम्हण समाज नामक संस्थाले प्रमुख जिल्ला अधिकारीलाई  ध्यानाकर्षण गरी यो वर्ष कसैलाई रक्षाबन्धन नबाँध्ने भनी रेडियोबाट सार्वजनिक सूचना प्रसारण गरेको भन्दै दलित समुदायलाई अघोषित विभेद गरेको उहाँको दावी थियो ।

संसदमा बोल्दै सांसद विसुन्केले मानवले मानवप्रति र नेपाली नेपालीप्रति गरेको यो अमानवीय व्यवहारको घोर भत्र्सना गदै धर्मको नाममा गरिएको विभेद संविधान र कानुन विपरित भएकाे भन्दै सरकारले  छानविन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । ‘यो काुनन विपरित छ, छानविन गरी कारबाही गर्नुपर्छ । ’

भिडियो

 

सन्दर्भ दैलेखको ब्राहमण समाजको कदम ……….कानुन कसैको पेवा हुदैन त्यसैले कानुनले वर्जित गरेको काम गर्न कसैलाई छुट हुदैन ।

Posted by Parbati Bisunke on Friday, 24 August 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank