काठमाडौँ — नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
फ्रान्समा जारी पार ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि समूहको पलेशले नेपाललाई पहिलो पदकका रुपमा कास्य पदक जितेकी थिइन्।
ऐतिहासिक पदक विजेता पलोशासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए। उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गरिएको छ।

-(1)-1725427052.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुगेर टुंगिएकाे छ। पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किंएका छन्।

-(1)-1725427050.jpg)
पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्।
उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो।
-(1)-1725427048.jpg)
-(1)-1725427052.jpg)
-(1)-1725427049.jpg)
-(1)-1725427047.jpg)
-(1)-1725427049.jpg)
-(5)-1725427050.jpg)
-(1)-1725427053.jpg)
-(1)-1725427048.jpg)
-(1)-1725427047.jpg)
-(4)-1725427046.jpg)
-(1)-1725427046.jpg)


























Leave a Reply