काठमाडौँ — आज ३०औं विश्व आदिवासी दिवस विभिन्न मनाइँदै छ। विश्व आदिवासी दिवसका अवासरमा काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा र्याली निकालिएको छ।

नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा र्यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो।
-1723193265.jpg)
भृकुटीमण्डपबाट सुरु भएको झाँकी तथा र्याली भद्रकाली, सहिदगेट, सुन्धारा, टुँडिखेल हुँदै प्रज्ञा भवनमा पुगेर समारोहमा परिणत भएको थियो।

र्यालीका क्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने भन्दै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
-1723193264.jpg)
-1723193256.jpg)
-1723193264.jpg)
-1723193258.jpg)
-1723193255.jpg)
-1723193261.jpg)
-1723193261.jpg)
-1723193253.jpg)
-1723193253.jpg)
(1)-1723193251.jpg)
-1723193254.jpg)
-1723193252.jpg)
(1)-1723193252.jpg)
(2)-1723193251.jpg)
-1723193254.jpg)


























Leave a Reply