मुलुुकी संहितामा भएका कमीकजोरी सच्याउन सरकार तयार छ: प्रधानमन्त्री

दलित अनलाईन १ भाद्र २०७५, शुक्रबार १९:११

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि लागू भएको नयाँ ‘मुलुकी देवानी संहिता’ मा भएका कमीकमजोरी सच्याउन सरकार तयार रहेकाबताउनुभएको छ।

संहिता लागू भएको अवसरमा संघीय मामिला तथा कानून मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज मुलुकी संहिताको पहिलो दिन हो। यसमा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार पुनः छलफलको माध्‍यमबाट सच्‍याउन तयार छ।’

प्रधानमन्त्री ओली गएको वर्ष असोजमा सांसदबाट पारित मुलुकी संहितालाई सरकारले जथाभावी ऐन ल्‍यायो भन्‍नु गलत भएको बताउदै भ्रम सृजना नगर्न आग्रहगर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको शासन प्रणालीमा जनप्रतिधि स्वयमले सुझाव दिएर ल्‍याएको मुलुकी संहितालाई जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्नु हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank