प्रकाण्डले जेलबाटै भने ,‘सरकारले चर्को मुल्य चुकाउनुपर्छ’

दलित अनलाईन २६ श्रावण २०७५, शनिबार ०१:३८

काठमाडौं–नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले आफुलाई नियोजित रुपमा पूर्वाग्रह ढंगबाट पक्राउ गरिएको दावी गदै सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित हिरासतमा शुक्रबार साँझ दलित अनलाईन डटकमका प्रधानसम्पादक अशोक दर्नालसँग भेट गर्दै विश्वकर्माले केही व्यक्तिले सत्ताको आँडमा टेकेर नियोजित रुपमा आफुलाई फसाएको दावी गर्दै सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताउनु भएको हो । पार्टीलाई बदनाम गर्न सरकारले विना प्रमाणका आधार आफ्ना कार्याकतालाई झुटो मुद्दा लगाएर पक्राउ गर्ने सरकारले आफुलाई लगाएको आरोप प्रमाणित नभए त्यसको क्षतिपूर्तिको सामना सरकारले भोग्नुपर्ने उहाँले बताउनुभयो । ‘मलाई नियोजित रुपमा फसाइएको छ , यसको हिसावकिताव हुन्छ । ’

आफुलाई हिरासतमा समेत अव्यस्थित रुपमा राखिएको भन्दै पार्टीले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको भन्दै देशभरीबाट आन्दोलन सुरु भइसकेको उहाँले बताउनुभयो । ‘यहाँ तपाईले देख्नुभयो, यहाँको व्यवस्था कस्तो छ ,उहाँले भन्नुभयो,‘यो सरकारले आफुहरुमाथि आक्रमण गरेर भूल ग¥यौं ।’

बाहिर सस्तो प्रचारका लागि पार्टी र आफुलाई बदनाम गराउन दाउपेच पहिलेदेखि नै सरकार लागेको बताउँदै प्रकाण्डले केही व्यक्तिहरु षयन्त्रणकारी ढंगबाट लागेको र आधारहिन कुराका पछि आम जनताहरु नलाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।
गोप्य स्रोतका अनुसार पूर्वमन्त्री र पार्टीको प्रवक्ता भइसकेको व्यक्तिलाई अव्यस्थित रुपमा हिरासतमा नियमभन्दा बाहिर गएर राखिएको भन्दै शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको टोली समेत गएर उहाँलाई राखिएको अवस्थाका बारेमा अनुसन्धान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । पूर्वमन्त्रीसमेत रहनु भएका विकलाई अदालतबाट पाँच दिनको म्याद दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले त्यतिखेर विभिन्न ठाउँमा विस्फोटसमेत गराएको थियो । त्यतिखेर प्रकाण्डले चन्दा बटुलेको विषयलाई लिएर नै पक्राउ गरिएको धेरैको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank