डा. बाबुराम भट्टराईको पार्टी निर्वाचन आयोगमा दर्ता

दलित अनलाईन १२ श्रावण २०७९, बिहीबार २०:४७

काठमाडौं —पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी निर्वाचन  आयोगमा  दर्ता भएको छ ।

बिहीबार  पूर्वप्रधानमन्त्री  भट्टराई नेतृत्वमा  नेपाल समाजवादी पार्टी आयोगमा दर्ता भएको हो । आयोगले यस अघि नै दर्ता रहेको  समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइ दिएको हो। उक्त पार्टी भट्टराई समूहका नेता विश्वदीप पाण्डेको नेतृत्वमा दर्ता थियो । सोही समूहकै आग्रहमा आयोगले नाम परिवर्तन गरि दर्ता गरेको हो।

आयोगले नेपाल समाजवादी पार्टीलाई आँखा चुनाव चिह्न प्रदान गरेको छ। उक्त चिह्न समावेशी लोकतान्त्रिक पार्टीकै हो । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank