मुक्ति समाजमा विवाद चुलियो : केन्द्रिय सदस्यबाट राजीनामा

दलित अनलाईन ५ असार २०७९, आईतवार २३:५४

काठमाडौं — नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजमा विवाद चुलिएको छ । नेपाल उत्पडित जातिय मुक्ति समाजका ईन्चार्ज जितु गौतम र जातिय मुक्ति समाजका अध्यक्ष मनोहर पौडेल विश्वकर्माले संगठनलाई मुद्दा केन्द्रित नबनाई व्यक्ति र नेता केन्द्रित बनाउन खोजेको असन्तुष्ट पक्षको आरोप लगाएका छन् ।  उत्पीडित जातीय मुक्तिमा विवाद चर्किएसँगै मुक्ति समाजका केन्द्रिय सदस्यले राजीनामा दिएका छन् ।

ईन्चार्ज जितु गौतमले संगठनलाई निजी कम्पनी जसरी चलाउन खोजेको जिम्मेवारी बाडँफाडमा कसैलाई काखा कसैलाई पाखा लगाएको ,संगठनलाई कोठे बैठकमार्फत चलाउन खोजेको , विधि र पद्धतिलाई कुल्चेर ,ईन्चार्जले एकल ढंगले संगठनलाई चलाउन खोजेको , संगठनले दलित आन्दोलनलाई हाक्ने भन्दा नि नेता रिजाउने काम लागेको, संगठनको गतिविधिलाई शुन्यमा झारेको जस्ता आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

ईन्चार्ज जितु गौतम , अध्यक्ष मनोहरला विश्वकर्मा र अनुशासनआयोग  अध्यक्ष गोविन्द नेपालीले होटलमा बसेर तयार पारेको जिम्मेवारी आपुँहरुले नमान्ने केन्द्रीय सदस्य रामलाल राजवंशीले दलित अनलाईनलाई बताए ।

धेरै साथीहरुको ईन्चार्ज र अध्यक्षको कार्यशैली  प्रति असन्तुष्टि छ आज फायर मात्र खोलिएको हो पड्कियो भने संगठनमा ठुलो पहिरो जान सक्छ राजवंशीले भने । उनले भने यो संगठन ईन्जार्ज र अध्यक्षको मात्र नभई साठी लाख दलित समुदायको संगठन हो यसलाई मागी खाने भाडोँ नबनाउन सचेत मात्र गराएको हो ।

त्यस्तै असन्तुष्टि जनाउदै केन्द्रीय सदस्य राजेश नेपालीले दलित  आन्दोलनभित्र नवसामान्तहरुको हाबी  भएको र यसको सिकार आम दलित समुदाय हुने खतरा बढेको बताए । ईन्चार्ज र अध्यक्षले संगठनलाई गतिहिन दिशामा अगाडी बढाउन खोजेको उनको भनाई छ ।

यी हुन राजीनामा दिने केन्द्रीय नेताहरु 

१ .राजेश नेपाली २. विजयराज मँयाल ३. रामलाल राजवंशी ४. दिपा नेपाली ५. विनोद सुनार ६. विष्णु वि.क. त्यस्तै असन्तुष्टि प्रकट गर्ने हरुमा १ . छविलाल विश्वकर्मा (झापा ) २ . खड्क परियार ( उदयपुर ) ३. मैना अच्छामी (ललितपुर ) ४. हरि नेपाली ( ललितपुर ) ५. अर्जुन कुमार सुनाम ( स्याङ्जा ) ६. राजेश सुनाम ( नवलपुर ) ७. वेगम वि.क. ( प्युठान )  ८ पुजन विश्वकर्मा (बाँके )  ९ सम्झना परियार (काभ्रे )  १० बल बहादुर परियार (ओखलढुंगा) ११ युवराज दर्नाल (धनकुटा) १२ दिनेश अछामी (ललितपुर)१३ सुनिता अधिकारी (चितवन)१४ दानसिंह परियार (मुगु)१५ १६ मैना अछामी १७ कृष्ण नेपाली , १८ नरेश विश्वकर्मा, १९ चक्र स्नेही २० सुरेन्द्र श्री ,२१ रामहरि शाहीसमुन्द्री (पाल्पा) २२ राजेन्द्र गाैतम (प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank