धुलिखेल नगरपालिकामा दोस्रो पटक अशोक ब्याञ्जु निर्वाचित

दलित अनलाईन ६ जेष्ठ २०७९, शुक्रबार २१:२७

काभ्रे — धुलिखेल नगरपालिकामा  दोस्रो पटक अशोक ब्याञ्जु   निर्वाचित भएका छन् ।

ब्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भए। यसैगरी धुलिखेल नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निराजन जङ्गम विजयी भएका छन् । उनलेले एमालेकी लालतारा अधिकारीलाई १४७ मतले पराजित गरिन  ।

यसैगरी धुलिखेल नगरपालिकाको वडा अध्यक्षमा काग्रेसका सन्तबहादुर लामा, वडा नम्बर २ मा एमालेका अर्जुन घोरासाईने, वडा नम्बर ३ मा एमालेका गणेश आचार्य, वडा नम्बर ४ मा काँग्रेसका उत्तमप्रसाद तिमल्सिना, वडा नम्बर ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठ, वडा नम्बर ६ मा काँग्रेसका सञ्जय कोँजु निवार्चित भए ।

यसैगरी वडा नम्बर ७ मा राप्रपाका रोमीप्रसाद ब्याञ्जु, वडा नम्बर ८ मा बिनोद गौतम, वडा नम्बर ९ मा काँग्रेसका बद्रीप्रसाद हुमागाँई, वडा नम्बर १० मा काँग्रेसका गोविन्दप्रसाद उपाध्याय, वडा नम्बर ११ मा एमालेका नारायणप्रसाद बडाल र वडा नम्बर १२ मा एमालेका मोहनप्रसाद लामिछाने विजयी  भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank