दोस्रो पटक पाल्हीनन्दन गाउँपालिकामा बैजुप्रसाद गुप्ता निर्वाचित

दलित अनलाईन ६ जेष्ठ २०७९, शुक्रबार १२:०२

रुपन्देही  —  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दोस्रो पटक बैजुप्रसाद गुप्ता (दीपक)ले विजयी भएका छन् ।

निर्वाचन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाली कांग्रेसका राजेन्द्रप्रसाद सहानीलाई ८६ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। माओवादी केन्द्रले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दोस्रो पटक पनि जित हासिल गरेको हो ।

गुप्ताले ४३८१ मत ल्याउँदा सहानीले ४२९५ मत ल्याए। सहानी यसअघि पनि गुप्ताकै प्रतिस्पर्धी थिए । उपाध्यक्षमा भने कांग्रेसकी सकिना फतिमा खातुनले माओवादी केन्द्रकी पावित्री कोहाँरलाई ५१३ मतान्तरले पराजित गरेकी छन् । खातुनले ३६९८ ल्याउँदा कोहाँरले ३१८५ मत ल्याइन् ।

कांग्रेसले यसअघि पनि उपाध्यक्ष जितेको थियो । अहिलेकी पराजित उपाध्यक्ष कोहाँर २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएकी थिइन् । टिकट नपाएपछि कोहाँर माओवादी केन्द्रबाट चुनाव लडेकी हुन् ।

६ वटा वडा रहेको पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्रले ३, नेपाली कांग्रेसले २ र लोसपाले १ वटामा वडा अध्यक्ष जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank