हिमाली गाउँपालिका उपाध्यक्षमा राजकला सार्की निर्वाचित

दलित अनलाईन ४ जेष्ठ २०७९, बुधबार ०९:००

बाजुरा — बाजुराको हिमाली गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार राजकला सार्की निर्वाचित भएकी छन । कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र एमालेबाट राजकला सार्की निर्वाचित भएकी हुन् ।

निर्वतमान अध्यक्षसमेत रहेका कांग्रेस उम्मेदवार गोविन्दबहादुर मल्लले एमालेका उम्मेदवार अजबहादुर मल्लभन्दा एक सय १५ मत बढी ल्याएर निर्वाचित भए ।

नेपाल समय

गोविन्दबहादुरले २ हजार ३ सय ८४ मत पाएका छन् भने अजबहादुरले २ हजार २६९ मत पाए । ०७४ को निर्वाचनमा पनि उनीहरू दुवैबीच प्रतिस्पर्धा भएर गोविन्दबहादुर निर्वाचित भएका थिए ।

यस्तै उपाध्यक्ष पदमा एमाले उम्मेदवार राजकला सार्कीले कांग्रेस उम्मेदवार कमला रावत (रोकाया) लाई पराजित गरिन् । सार्कीले रावतलाई ८१ मतले पराजित गरेकी हुन् । सार्कीले २ हजार ३६७ मत प्राप्त गरिन् भने रावतले २ हजार २८६ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank