उपमेयर उम्मेदवार पुर्णिमा विकको प्रतिबद्धता : रोजगारी सृजना, आर्थिक समृद्धि नगरकाे निर्माण

यमन मुदेल २७ बैशाख २०७९, मंगलवार ०९:३६

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको जित हारको अंकगणित शुरु भएको छ । आफ्नो पार्टीलाई बिजय गराउन केन्द्रका नेताहरु चुनावी सभालाई सम्बोधन गर्ने दौडधुपमा छन् । जुम्लाको चन्दननाथ नगरपालिकाको उपमेयर पदमा उम्मेदवार पुर्णिमा बि.क (रचना) पनि चुनावी प्रचार प्रसारमा ब्यस्त छिन् । उपमेयर उम्मेदवार पुर्णिमा दलित समुदायबाट आएकी हुन् । उनले रोजगारी,आर्थिक समृद्धि जातीय विभेदलाई न्युनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन्।

पुर्णिमा २०५७ सालदेखि माओवादी जनयूद्धमा होमिएकी थिइन् । झण्डै २ दशक लामो राजनितिक यात्रापछि आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा उपमेयरको उमेदवार भएकी हुन् । ढिलो चाडो देशमा समाबेशिता आएकोमा दलित महिला निर्णायक पदमा पुग्न अग्रसर भएको पुणिमाले बताएकी छन् । आफुले जितेपछि समृद्ध नगर र दलितलाई पनि समान ब्यवहार गर्न प्रेरित गर्ने गोष्ठी सेमीनार सञ्चालन गर्ने उनको भनाइ छ ।

‘समानुपातिक,समाबेशीताको नीति अंगालेको माओबादी पार्टीले नीति कार्यान्वयन गरि मलाई टिकट दिएको हो’, उनले भनिन, पार्टीमा योगदान भएकै कारणले टिकट पाएकी हु ।’ क्षामता बिनाको मान्छे हुदैन् । पुर्णिमाले भनिन् अवसर पाए र ,जनताले सेवा गर्ने मैका दिएको खण्डमा चन्दनाथ नगरपालिकालाइ नमुना नगरपालिका बनाउने छु ।

यस्तै, उनी आफुँ पनि दलित भएको कारणले जातीय विभेदको अन्त्य गर्ने विषयलाई प्रमुख जिम्मेवारी लिएकी छन् । मेरो उम्मेदवारी राजनीतिमा समग्र दलित समुदायको बलियो उपस्थिति र साथ सहयोग भएकाले मेरो जित्ने सुनिश्चित छ उनले भनिन् । दलित वर्गका विभित सवाल संस्थागत गर्न,समृद्द नगर बनाउने हुटहुटीका साथ पार्टीले उपमेयरको टिकट दिएपछि निर्वाचनमा होमिएको उनले बताइन् ।

दलित मुक्ति मार्चाको केन्द्रीय सदस्यका साथै माओबादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य रहेकी वि.कले भनिन् वर्ग विशेष हितका लागि उक्त वर्गको व्यक्ति शक्तिमा पुग्नु आवश्यक छ ।

देशभरी दलित महिलालाई उपमेयर पदमा टिकट नदिएको अबस्थामा जुम्लामा नेकपा माओवादी केन्द्रबाट दलित महिला पुर्णिमा बि.कले उपमेयरको किटक पाएकी छिन् । हरेक पार्टीमा समनताको प्रश्न उठिरहेको बेला चन्दननाथ नगरपालिकाकामा बि.कले टिकट पाएकी हुन् । बिजय भएपछि पार्टीले आफुमाथि गरेको विश्वास टुट्न नदिने उनी बताउँछिन् । साथै, उनी अवसरको खोजीमा पनि थिइन् ।

देशभरी महिलालाई मुख्य पदमा उम्मेदवार बनाउन दलहरुले आनाकानी गरेको बेला पार्टीले आफूलाई विश्वास गरेर उपमेयरको लागी टिकट दिएको बताउँछिन्। जनयुद्धमा होमिएकी उनी सामाजिक काम गर्ने चाहना भएको कारण सो पदमा उमेदवारी दिएकी हुन् ।

नगरपालिका भित्रका सम्पुर्ण दलित वर्गले एक पटक पार्टी नहेरी,व्यक्ति वर्ग हेरी भोट दिनेमा उनी ढुक्क छिन् । उनी संग प्रतिस्पर्धा गर्नका लागी मैदानमा नेपाली र्काग्रेशबाट राम देवी खड्का र नेकपा एकिकृत समाजबादी पाटीको तर्फबाट भिम थापा चुनावी मैदानमा रहेका छन् । उनलाई पराजित गर्न भने त्यति सजिलो छैन् ।

यस्तो छ उपमेयर उम्मेदवार पुर्णिमा बि.कको घोषणा पत्र:
१) विगतका वर्ष देखि विकास निर्माणमा खर्च गरिने सम्पूर्ण रकम रोजगारका लागि खर्च गरिने छ ।
२) सबै स्थानीय तहमा रहेका बेरोजगारी युवा युवतीहरुलाई रोजगारको ग्यारेन्टी गरिनेछ ।

३) हाल विकास निर्माणसँग रोजगारलाई जोडिने नीति लिई रहेको अवस्थामा आगामी दिनमा रोजगार मंग विकास निर्माण जोडीने नीति लिइने छ ।
४) रोजगारी दिइएका सम्पूर्ण युवालाई निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्र, वातावरण सरसफाई सबै स्थानीय तह र जग्गाको सुरक्षाका साथै सामाजिक कार्यमा लगाइने छ ।
५) बडा सदस्य देखि गाउँपालिका र नगरपालिका अध्यक्ष सम्म र रोजगारी दिइएका सम्पूर्ण जनशक्तिको तलव भत्ता समान रहने छ ।
६) रोजगारी दिइएका व्यक्तिहरुको क्षमता अनुसार कामको जिम्मा दिइने छ ।
७) गाउँपालिका र नगरपालिकाका अति आवश्यक रहेका ठुला निर्माणका कामहरुको लागि प्रदेश सरकारको सहयोग लिइने छ।
८) रोजगारीमा खटिने व्यक्तिहरुको उमेरको हकमा २० वर्ष देखि ६० वर्ष भित्र रहने छ ।
९) विभिन्न शिर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिहरुको हकमा उनीहरुलाई रोजगारी वा जीवन निर्वाह भत्तामध्ये एउटा रोज्न दिइने छ ।
१०) १०० रोजगारीको समय अवधि एक वर्षको हुनेछ ।
११) रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका र गाउँपालिका भित्रका रोजगारविहिन घरपरिवारलाई दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank