कलाबाट प्रतिरोध

सम्झना विक १० चैत्र २०७८, बिहीबार १३:१४

एक शतकको इतिहास बोकेको नेपालको दलित आन्दोलनमा प्रतिरोध गर्ने फरक फरक शैली पनि देखिएका छन् । राजनीतिक, सामाजिक, सांगठनिक लगायतका माध्यमबाट जातीय विभेदको प्रतिरोध त भएकै छ । त्योबाहेक संगीत तथा कला क्षेत्रबाट पनि जातीय विभेदको प्रतिरोध भएको पाइन्छ ।
पहिला पनि गन्धर्व समुदायले सारंगीमार्फत गीत गाउँदै जातीय विभेदको प्रतिरोध गरेको बताइन्छ । तर, पछिल्लो समय दलित÷गैर दलित कलाकाहरुले जातीय विभेदको विरुद्धमा गीत गाउने, फिल्म बनाउने गरेका छन् ।
कलाकारहरूले जातीय विभेद गर्न हुँदैन, यो खराब पक्ष हो भन्ने सन्देश सहित गीत गाएर, फिल्म बनाएर प्रतिरोध गर्दै आएका छन् । कलाकार यसकुमार परियार, राजु परियार, कृष्ण परियार, विष्णु खत्री, शिव परियारले जातीय विभेदको प्रतिरोध गर्दै गीत गाएको पाइन्छ । त्यसमा पनि राजु परियार र यसकुमारले जातीय विभेद विरुद्ध बढी गति गाएको पाइन्छ ।

गैरदलित समुदायका विष्णु खत्रीले झण्डै १० वर्षअघि नै ‘काटे रगत सबैको रातो हो’ भन्ने बोलको गीत गाएका थिए । विशेषगरी अन्तररजातीय प्रेम सम्बन्धलाई जोडेर उक्त गीत गाइएको थियो । उक्त गीतले मान्छे समान हो भन्ने सन्देश दिएको थियो ।
यस्तै, चर्चित लोक गायक राजु परियारले जातीय विभेदको विरुद्ध थुप्रै गीत गाएका छन् । ‘रुमाल धोएको छु, सुनपानीले छर्क मायालु’ जस्ता बोलको गीत गाएर जातीय समानताको सन्देश परियारले दिएका छन् ।

यस्तै, शिव परियारले पनि ‘छातीमा हात राखेर’ भन्ने बोलको गीतमा मानिस समान हो भन्ने सन्देश दिएका छन् ।

यस्तै, कलाकार यसकुमारले गीत र फिल्म दुवैबाट जातीय विभेदको विरुद्ध प्रतिरोध गर्दै आएका छन् । यसकुमारले ‘मैले छोएको पानी चल्दैन’, म आफ्नै आँगनमा इनार बनाउँछु’ भन्ने बोलको गीत गाएका छन् । यसैगरी उनले जातीय विभेदकै विषयमा आधारित भएर ‘बाटो मुनिको फूल’ नामक फिल्म बनाएका छन् । साथै, १० वर्षअघि नै स्वर्गीय सुभाष दर्नाल लगायतको समूहले दलित विषयलाई जोडेर दलन नामक टेली श्रृंखला बनाएका थिए ।

जातीय विभेद विरुद्धको प्रतिरोधमा गीत निस्कने क्रम अझै पनि जारी रहेको देखिन्छ । साथै, विभिन्न टेली श्रृंखलाहरू पनि बनेको पाइन्छ ।

पछिल्लो समय प्रकाश सपुत, बद्री पंगेनी, खेम सेञ्चुरीले पनि जातीय विभेद विरुद्धको गीत गाएको पाइन्छ । सपुतले ‘मेरो पनि हैन र यो देश’ भन्ने बोल गीतमा दलितको विषयलाई समेटेका छन् । यस्तै, पंगेनीले ‘तिम्रो घरमा मेरो छोरी भान्सा चलेन’ भन्ने बोलको गीत गाएका छन् । यसैगरी सेञ्चुरीले ‘कामी दाइको छोरो’ भन्ने गीत मार्फत जातीय विभेद विरुद्धको सन्देश दिएका छन् ।

कलाकारहरूले जातीय विभेद गर्न हुँदैन, यो खराब पक्ष हो भन्ने सन्देश सहित गीत गाएर, फिल्म बनाएर प्रतिरोध गर्दै आएका छन् । कलाकार यसकुमार परियार, राजु परियार, कृष्ण परियार, विष्णु खत्री, शिव परियारले जातीय विभेदको प्रतिरोध गर्दै गीत गाएको पाइन्छ । त्यसमा पनि राजु परियार र यसकुमारले जातीय विभेद विरुद्ध बढी गति गाएको पाइन्छ ।

यस्तै, छेवाङ लामाले पनि ‘कसले बनायो जात’ बोलको गीत गाएर जातीय विभेदको प्रतिरोध गरेका छन् । साथै, राजन भुजेल विश्वकर्मा, रमेश विक्रम रत्न, सुजन बराइली, राजेश बर्देवा, लक्ष्मी परियार, सुनीतमी परियार, गीता सेन्चुरी, प्रतिमा विश्वकर्माले ‘संविधान बने पनि देशमा अझै हाम्रो पानी चल्दैन’ भन्ने बोलको गीत ल्याएर विभेदको प्रतिरोध गरेका छन् । यस्तै, कुलेन्द्र विक र सुनीतमी परियारले ‘विष घोलिन्न मान्छेले छुँदैमा मान्छेले नै पिउने पानीमा’ भन्ने बोलको गीत ल्याएर विभेदको प्रतिरोध गरेका छन् ।
यस्तै, पछिल्लो समय राजु पौडेल र मरिचमान श्रेष्ठले ‘जुठे’ नामक टेली फिल्म बनाएर जातीय विभेद गलत भएको देखाउने गरेका छन् । यस्तै, राजनीतिमा सक्रिय आहुतिले ‘तिमीले थुनेको नर्क’लाई भन्ने बोलको गीत रचना गरेका छन् । त्यो गीतमा बीबी अनुरागीले स्वर दिएका छन् । उक्त गीतले जातीय विभेद विरुद्ध प्रतिरोध गर्न प्रोत्साहन गरेको छ ।


यस्तै, दीपक लिम्बूको ‘मान्छे मान्छे एउटै हो’, गोपाल सूचिकारको ‘के पूजा गर्छौ मन्दिरमा गई’, सीता रसाइलीको ‘ठूलो पीर मान्छे बीच’को लगायतका सिर्जनाले जातीय विभेदविरुद्ध आवाज उठाइरहेका छन् । त्यस्तै नवल नेपालको चलचित्र ‘आवाज’मा पनि यसको बारेमा प्रतिरोध गरिएको पाइन्छ ।
गीत संगीतमार्फत जातीय विभेद विरुद्ध प्रतिरोध गर्दै आइरहेका गायक राजु परियार चेतनाका कमीका कारण विभेद कायम भएको बताए । जबसम्म मानवभित्र मानवता जागृत हुँदैन, तबसम्म यो समस्या रहिरहने उनको भनाइ छ ।
‘कलाकारको दायित्व सामाजिक विकृतिको विरुद्धमा आवाज उठाउने हुनुपर्छ । त्यसैले मैले आफ्नो प्रस्तुतिमा प्रतिरोध गर्ने नै छु,’ उनले भने । साथै, मानवद्वारा निर्मित जात व्यवस्था हटाउन कलाबाट प्रतिरोध गर्न आवश्यक रहेको उनको बुझाइ छ ।

यस्तै, गायक विष्णु खत्री मान्छेलाई उत्प्रेरित गर्ने सशक्त माध्यम कला भएको बताउँछन् । समाजमा रहेको कुरीति, विसंगतिलाई गीतको माध्यम प्रस्तृत गर्दा जनचासोको विषय बन्ने र त्यसलाई कतिपयले ग्रहण गर्ने उनको भनाइ छ ।
‘मैले गाएको गीतको प्रभावले मेरो साथीको बहिनीले अन्तरजातीय विवाह गरिन् । तर, त्यही कारण आफ्नै साथीबाट दुव्र्यवहार पाउनु प¥यो । गैर दलित भएर पनि दलितको पक्षमा गीत गाउने भनेर गाली समेत खाएँ,’ उनले भने ।
विगतमा पञ्चायतदेखि जनआन्दोलनसम्म आउँदा दलित समुदायले आन्दोलनसँगै पैरवी गर्दै आएको छ । गीत, चलचित्र एउटा आशा देखाउने बाटो भएको कलाकारहरू बताउँछन् । जातीय विभेद उन्मूलनको लागि कला क्षेत्रले साँच्चै नै महत्वपूर्ण भूमिका खैल्दै आएको छ । विगतदेखि गीत तथा चलचित्रहरूले जातीय विभेद विरुद्ध पैरवी गर्दै आएका छन् । कलाकारको रचना समाज रूपमा प्रत्यक्षसँग जोडिएको हुन्छ । त्यो अवस्थामा कलाबाट प्रतिरोध गर्दा बढी प्रभावकारी हुने सरोकारवालाहरू बताउँछन् ।

(अन्तरराष्ट्रिय रंगभेद तथा जातिय बिभेद उन्मूलन दिवस (२१ं मार्च) को अवसरमा राष्ट्रिय दलित आयोगको सहकार्यमा  आरएम मिडिया हाउसले प्रकाशित प्रतिरोधको शतक बिशेषांक दलित अनलाइनमा पढ्न सकिने छ ।)

One response to “कलाबाट प्रतिरोध”

  1. गणेश नेपाली says:

    कैलालीकी मिना सोबको नाम छुट्यो कि। उहाले ममता भन्ने टेलिफिल्म जातीय विभेद विरुद्ध बनाउनु भएको छ त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank