छुवाछुत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्छ : मन्त्री श्रेष्ठ

दलित अनलाईन ७ चैत्र २०७८, सोमबार २३:२०

काठमाडौं —संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताएका छन् । समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

५७ औं जातीय विभेद उन्मूलन दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्यका लागि गैरदलितले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले विभेदका घटनामा प्रमाणको अभावले गर्दा पीडित अन्यायमा परिरहेको बताएका थिए । राष्ट्रिय चरित्र समावेशी हुन नसक्दा दलित समुदायमाथि विभेदमा कमी नआएको उनीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank