राष्ट्रिय दलित आयोगको प्रस्तावित लोगोमा केही सुझावहरु

हिरा विश्वकर्मा १ माघ २०७८, शनिबार १६:०९

संवैधानिक राष्ट्रिय दलित आयोगको प्रस्तावित चारवटा लोगोहरु छलफल र सुझावका लागि दलित अनलाईन डटकमले  समाचारमार्फत सार्वजनिक गरेको छ । दलित आयोग संवैधानिक आयोग भएपछिको ३ वर्षपछि भएको नियुक्ति पाएका पदाधिकारीहरुले बल्ल एउटा देखिने काम सार्वजनिक गरेका छन् ।

यो आफैमा  कति महत्वपूर्ण हो, छलफलको विषय हुनसक्छ  । तर पनि भन्ने पर्छ रोम जलि रहेछ निरो बासुरी बजाईरहेका छन् भन्ने भनाई दलित आयोगको सन्दर्भमा पनि पक्कै लागु हुन्छ । किनभने चितवनका भीमवहादुर विक हत्याकाण्डमा दलित आयोगको भूमिका अत्यन्तै कर्मकाण्डी रहेको जग जाहेर छ। यो बीचमा चिसोकै कारण मधेशकी पल्टी सदाको मृत्यु भएको छ ।  यसरी सरकारी वेवास्ताको कारण तथा अप्राकृतिक मृत्यु आम दलित नागरिकले वरण गर्नु पर्दा पनि रमिते वन्नु कति जायज हो ।

दलित अधिकारका सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थापित भएको आयोग मृत्यु जस्तो उच्चतम मानव अधिकारको हननको अवस्थामा पनि रमिते वन्नु कति जायज हो । के अहिलेका आयुक्तहरु के आयोगमा जागीर खान मात्र गएका हुन ? जागीर पनि राजाको काम कहिले जाला घाम भन्ने नेपाली उखानलाई चरीतार्थ गर्न मात्रै गएका हुन ? यी सवै प्रश्नहरुको उत्तर आयुक्तहरुले त दिदैनन किनभने जसरी नेपाल सरकार जनता प्रति उत्तरदायी छैन त्यस्तै त्यस्तै अनुत्तरदायी तथा दलित प्रति अत्यन्त नकारात्मक भाव राख्ने ओली ले नियुक्त गरेका यी आयुक्तहरुवाट आशा गर्ने ठाउँ छैन । तर पनि यो राज्यले नेपालका आम नागरिकले जस्तै दलितले पनि कर बुझाएका छन् र त्यहि कारबाट पालित पोषित यी आयुक्तहरु पनि जनताको कठघरामा उभिनै पर्छ ।

अहिले यी आयुक्तहरुले आफ्नो जागीर पचाउने शैलीमा यो लोगो सुझावको लागि सार्वजनिक गरेको देखिन्छ । सुन्नमा आए अनुसार यो लोगो बनाउन कनै श्रृजनशिल कलाकार वा व्यक्तिको सहयोग लिईएो छैन । केवल आयुक्त र कर्मचारीहरुले यो  बनाएका हुन । किनभने श्रृजनात्मक व्यक्तिलाई यसमा संलग्न गराउन आयोग संव वजेट नै छैन । भन्ने पनि सुनिएको छ, नाथे एउटा लोगो बनाउन चाहिने रकम पनि नपाउने वा जोहो गर्न नसक्ने आयोगबाट हामीले के अपेक्षा गर्ने यो अर्को विडाम्बनाको विषय हो । म कुनै ललितकलाको जानकार त हैन ,तर दलितको विषयमा केही जानकारी तथा अनुभव राख्छु ।  त्यसकै आधारमा अब लोगो सम्वन्धि चर्चा गरौं । चारवटा लोगोहरुलाई हेर्दा तीनवटा त उस्तै प्रकृतिको देखिन्छ चौथो चाहि केही फरक देखिन्छ तर यसमा मानव अधिकार तथा त्यसमो दलितको अधिकार झल्काउने कनै प्रतीक देखिदैन, यो नै सवै भन्दा विडम्वनाको पाटो हो । प्रतीक चिन्ह मध्ये महिला र पुरुषले हात मिलाएको राखिएको छ त्यो त नेपाल सरकारको लोगेको एउटा अंग हो । चार वटै लोगोमा तराजुलाई राखिएको छ, यसले के देखाउन खोजिएको हो त्यो पनि स्पष्ट छैन ।

अन्तिम चौथों लोगोमा राष्ट्रिय झण्डालाई विकृत रुपमा राखिएको छ, अतः यी चारै बटा लोगोहरु श्रृजनात्मक, कलात्मक, भावनात्मक तथा मानव अधिकारको प्रत्याभूति गराउने खालका देखिदैन । अतः दलित आयोगले केही बजेटको व्यवस्था गर्न सक्छ भने उसले लोगोको लागि प्रतियोगितानै आयोजना गरोस, यसमा नेपालभरबाट उत्कृष्ट चिन्हहरु बनेर आउनसक्छ ।

 

अन्तिम चौथों लोगोमा राष्ट्रिय झण्डालाई विकृत रुपमा राखिएको छ, अतः यी चारै बटा लोगोहरु श्रृजनात्मक, कलात्मक, भावनात्मक तथा मानव अधिकारको प्रत्याभूति गराउने खालका देखिदैन । अतः दलित आयोगले केही बजेटको व्यवस्था गर्न सक्छ भने उसले लोगोको लागि प्रतियोगितानै आयोजना गरोस, यसमा नेपालभरबाट उत्कृष्ट चिन्हहरु बनेर आउनसक्छ । म के स्मरण गराउन चाहान्छु भन्दा नेपालको राष्ट्रिय गान पनि यस्तै प्रतियोगिता मार्फत तय गरिएको थियो अतः यो लोगो पनि त्यसरीनै तय गर्नु पर्छ। अर्को उपाय भनेको केही ललितकलाका विज्ञ त्यसमा दलित र गैरदलित दुवै हुन सक्छन र केही दलित अधिकार क्षेत्रका अभियन्ता तथा अनुभविलाई राखेर एउटा कार्यशालाको आयोजना गर्ने र त्यसले केही डिजाईनहरु तय गरेर सार्वजनि सुझावका लागि राख्ने । हुनत अहिले सार्वजनिक भएको लोगोमा पनि केही व्यक्तिहरुलाई राखेर छलफल गरिएको भन्ने वुझिएको छ तर कुनै श्रृजना तथा मानव अधिकारको प्रतीक प्रयोग नभएको लोगोको कुनै अर्थ छैन भन्ने मैले माथिनै उल्लेख गरेको छु ।

अन्त्यमा यदि दलित आयोग साच्चिकै दलित अधिकारको सम्वद्र्धन र प्रवद्र्धनमा कटिवद्ध छ भने मैले यहाँ राखेका सुझावहरुलाई मनन गरोस र आयोगको प्रतीक चिन्ह जस्तो  गम्भिर विषयलाई हचुवाको भरमा बनाउने काम नगरोस । यदि यसलाई चाहिने श्रोतको अभाव हो भने पनि त्यसको जोहो गर्न म व्यक्तिगत रुपमा पनि सहयोग गर्न तयार छु । किनभने आयोग भनेको नेपालका सम्पूर्ण दलित आन्दोलनको उपलव्धी र प्रतीक हो, यसमा अहिलेका आयुक्तहरुको मात्रै भूमिका रहनु  हुँदैन यसमा चासो राख्ने  सबैको सरोकार र सुनिश्चित गरियोस भन्ने अनुरोध गर्दछु ।

यो पनि

संवैधानिक राष्ट्रिय दलित आयोगको लोगो कस्तो हुनुपर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank