सामूहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ

दलित अनलाईन २ मंसिर २०७८, बिहीबार २२:१०

काठमाडौं — असोज १३ गते सामूहिक बलात्कारपछि अमृता सदाको  हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भंगहा नगरपालिका–२ बखरीकी ३५ वर्षीया अमृता सदाको असोज १३ गते बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् । झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताए ।

गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरी जबर्जस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताए । ‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पु¥याएर दुवै जनाले पालैपालो करणी गरे,’ एसपी अचार्यले अन्नपूर्णसँग भने, ‘सामूहिक बलात्कारबाट बेहोस् भएकी मृतक अमृतालाई बिहान ३ बजे घर नजिकै सडकमा छाडेर भागे।’

अमृता सदाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो । दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो । मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank