मोडलिङमा जम्दै मदन नेपाली

दलित अनलाईन ९ आश्विन २०७८, शनिबार ०९:०५

काठमाडौं — जुम्ला देपालगाउँका मदन नेपालीलाई मोडलिङमा लाग्ने सानै देखीको इच्छा थियो । उनी बिद्यालय पढ्दाखेरी नै मोडलिङमा सामान्य प्रयास गर्थे ।

प्रयास गर्दा गर्दा उनले बिद्यालय स्तरका कार्यक्रममा पनि सहभागी भएर बिभिन्न सम्मान पनि पाए । तर, पारिवारिक आर्थिक अभाव, भौगोलिक विकटताले उनको इच्छा पुरा हुन सहज थिएन् ।

गाउँमा हुने विवाह, पूजा तथा सांस्कृतिक कार्यक्रममै आफ्नो प्रतिभालाई सिमित गर्न उनी बाध्य भए । हिरो बन्ने सोच भएपनि प्ल टु दिएपछि काठमाडौं आए ।

आफ्नो करिअर बनाउने सपना बोकेर छिरेका मदनले भिडियो सम्पादनको काम गरे, अनि बिस्तारै कलाकारीतामा सक्रिय भए । पछिल्लो समय उनले दुई गीतमा मोडलिङ गरे ।

गायक राजेश पायल राईको गीत‘चोरी भो’ बाट साँगीतिक म्युजिक भिडियोमा डेब्यु गरेका मदनले ‘कचहरी’ बृत्तचित्रमा समेत अभिनय गरेर आफुलाई अब्बल साबित गरिसकेका छन् ।

कहचरीको लेखन समेत मदन स्वयमले गरेका हुन् । मदनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । म्यूजिक भिडियोको सम्पादन समेत गर्न पोख्त मदन नेपाली रजतपट पर्दापण हुने तयारीमा छन्।

अबसरहरु आईरहेको छ, राम्रो स्कृष्ट आएको नपाएको कारण काम गरेको छैन, मदनले भने । कथालाई जिवन्त अभिनय दिन रुचाउने मदन आफु भने सिंगल रहेको बताउन् । प्रेम प्रस्ताबहरु कत्तिको आउँछ भन्ने प्रश्नमा मदन भन्छन्, सबैलाई साथीको नजरमा हेर्छु, करियरको सोचले प्रेम चक्करमा पर्या छैन् ।

मदनले आफ्नो क्षमता र कलाले धेरैलाई प्रभावित बनाइरहेका छन् । रुसामाजिक संजालमा आफ्नो प्रभाव जमाउँदै लगेका मदन मोडलिङमा पनि जमिरहेको देख्न सकिन्छ । कलाकारितामा आफ्नो भबिष्य देखेका मदन यस क्षेत्रलाई निरन्तरता दिने सोचमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank