आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धतासहित शिक्षामन्त्री श्रेष्ठले माफी मागे

दलित अनलाईन १६ असार २०७८, बुधबार १३:१७

काठमाडौं—  जातीय विभेदको आरोप लागेको घरबेटीलाई संरक्षण गरेको विरोधमा राजीनामा माग गदै सर्वत्र आलोचना र विरोध प्रदर्शन भइरहेका बेला शिक्षामन्त्री  कृष्णगोपाल श्रेष्ठले  राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता सहित माफी मागेका छन् ।

जातीय विभेदका आरोपीलाई प्रहरी कार्यालयमै गएर शिक्षामन्त्रीले छुटाएर गाडीमा आफुँसँगै राखेर लिएर हिँडेपछि जातीय विभेदलाई प्रोत्साहन गरेको भन्दै उनको बर्खास्त गर्न माग गदै  पुत्ला दहन गरिरहेका बेला श्रेष्ठले  राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता सहित माफी मागेका हुन् ।

मंगलबार मानव अधिकार आयोगका पदाधिकारीसँग शिक्षामन्त्री श्रेष्ठ। तस्बिर : आयोगका सदस्य लिली थापाको फेसबुकबाट।

 

आयोगले उनलाई  कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले दलित अनलाईनलाई जानकारी दिए । उनका अनुसार आयोगले घटनाबारे एकैछिनमा प्रेस विज्ञप्ती जारी गर्ने तयारी गरिरहेको छ ।

तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएकी थिइन् । उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ परेकी थिइन् ।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएकै दिन प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको सरकारी गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । उनले प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याएका थिए ।

उक्त घटनापछि शिक्षामन्त्री श्रेष्ठको चौतर्फी बिरोध भइरहेको छ भने मन्त्रीबाट नै राजिनामा माग भइरहेको छ । यसैको बिरोधमा शिक्षामन्त्री श्रेष्ठको देशका विभिन्न ठाउँमा उनको पुत्ला समेत दहन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank