छुवाछूत प्रथा अस्वीकार्य : राष्ट्रपति विद्यादेवी भण्डारी

दलित अनलाईन २१ जेष्ठ २०७८, शुक्रबार १०:४८

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा आह्वान गरेकीछिन ।

जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गदै राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएका बताएकी छिन ।
२०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । सन्देशमा राष्ट्रपति भण्डारीले भनेकीछिन , “सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात–जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनसमेत यस दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।

नेपालको संविधान तथा यसअन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ । तथापि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेको सन्देशमा उल्लेख गरिएको छ । छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ, राष्ट्रपति भण्डारीले यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो औँल्याएकी छन् । यसका लागि सबै पक्षको एकताबद्ध निरन्तर प्रयासको आवश्यकता पर्ने भनाइ पनि राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank