पूर्वमन्त्री विश्वकर्माको उपचार सरकारले गर्नुपर्छ : दलित नागरिक समाज

दलित अनलाईन १ माघ २०७७, बिहीबार १३:४७

 

काठमाडौं—नेकपाका नेता एवं पूर्वमन्त्री लालबहादुर विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने दलित नगारिका समाजले माग गरेको छ ।
ब्रेन स्ट्रोकका विरामी विश्वकर्मालाई बिहिवारदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलको आईसियुमा राखेर उपचार गरिएको छ ।
कञ्चनपुर स्थायी घर भएका विश्वकर्मालाई स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि पुस २२ गते काठमाडौँ ल्याइएको थियो । जनसंख्या तथा वातावरण पूर्वसहायक मन्त्री विश्वकर्मा तत्कालीन नेकपा एमालेको नौं वर्ष कञ्चरपुर जिल्ला सचिव थिए भने हाल नेकपाको केन्द्रीय सदस्य थिए ।
दलित नागरिक समाजले पूर्वमन्त्री विश्वकर्माको प्रभावकारी रुपमा उपचार गर्नु नेपाल सरकारको दायित्व भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग माग गरे छन् । दलित नागरिक समाजले उच्चस्तरको उपचारमा ध्यान दिन र सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकार तथा सम्बद्ध निकाय समक्ष अपिल समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank