मन्त्रिपरिषदको हेरफेर : जगत विश्वकर्मा ‘आउट’ विमला विश्वकर्मा ‘इन’

दलित अनलाईन १० पुष २०७७, शुक्रबार २३:३५

 

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्दा जगत विश्वकर्मा ‘आउट’ विमला विश्वकर्मा ‘इन’भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा ‘आउट’ भएका हुन । विश्वकर्माको ठाउँमा दावा लामालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीले दुई मन्त्रीलाई ‘आउट’ गरेका छन् । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड ‘आउट’ भएका छन् ।
पूर्व प्रतिनिधिसभा सदस्य विमला विश्वकर्मा उद्योग राज्यमन्त्रीमा ‘इन’भएकी छिन् ।
टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।
टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।
जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।
यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank