सप्तरीका हात्तीपीडित ३६ दलित परिवारलाई राहत

दलित अनलाईन पुस ९, २०७७

सप्तरी– सप्तरीको पश्चिमी भेग सुरुङ्गा  नगरपालिका–१ चहका टोलीका जङगली हात्तीबाट पीडित ३६ दलित परिवारलाई नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले राहत वितरण गरेका छन् ।

उनीहरुलाई  प्रतिपरिवार २५ किलो चामल, भुजा पाँच किलो, खाने तेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिए ।

केही दिनअघि कोशीटप्पु वन्यजन्तु आरक्षबाट जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरु सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मन्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदासहितका घर तोडफोड गरेको थियो । हात्तीले उनीहरुको घर तोडफोड गर्नुको साथै अन्नपात खाँदा बिच्चलीमा परेका थिए  । केही दिनयता कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्केको हात्तीले जिल्लाको पूर्वी, उत्तरी र पश्चिमी भेगमा आतङ्क मच्चाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank